यी खोप केन्द्रमा लगाइँदैछ आजदेखि भेरोसेलको दोस्रो डोज

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १० : ३१
यी खोप केन्द्रमा लगाइँदैछ आजदेखि भेरोसेलको दोस्रो डोज

काठमाडौं । आजदेखिकोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदै छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेठ ११ गतेसम्म दोस्रो डोजको खोप लगाउन लागिएको हो ।

गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।
काठमाडौं महानगर सहरी स्वास्थ्य विभागका अनुसार पहिलो खोप लगाएपछि संक्रमण भएर उपचाररत बिरामीले एक महिना नपुगी यो खोप लिन मिल्दैन । 

आजदेखि भेरोसेल खोप सञ्चालनका लागि महानगरले तोकेका खोप केन्द्रहरु 

१) नन्दीरात्रि स्कुल, नक्साल
२) २ नम्बर वडा कार्यालय, लाजिम्पाट
३) ३ नं वडा कार्यालय, महाराजगञ्ज
४) पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग
५) ५ नं वडा कार्यालय परिसर, हाँडीगाउँ
६) महेन्द्र बौद्ध उच्च मावि, बौद्ध 
७) यूरो किंगडम रातोपुल, पुरानो हिमालय विद्या मन्दिर
८) ८ नं वडा कार्यालय, जयबागेश्वरी
९) गुह्येश्वरी मावि, सिनामंगल
१०) म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर
११) विश्व निकेतन स्कुल, त्रिपुरेश्वर
१२) सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु
१३) जनप्रभात मावि, कालीमाटी
१४) १४ नं वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर
१५) भुइँखेल चौर, स्वयम्भू
१६) जुडो हल, नयाँबजार
१७) पब्लिक युथ क्याम्पस, धोबीचौर
१८) पुष्पलाल पार्क, विष्णुमती
१९) सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर
२०) शान्ति निकुञ्ज स्कुल, भगवतीबारी
२१) सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१, यंगाल
२२) टेवहाल वडा कार्यालय, संकटा
२३) नव आदर्श स्कुल, वसन्तपुर
२४) इतुमबहाल, तारणी वहाल
२५) कन्या मन्दिर स्कुल, क्षेत्रपाटी
२६) वडा परिसर, लैनचौर
२७) महाबौद्ध चोक
२८) २८ नं वडा कार्यालय, सिटी मार्केट
२९) विजय स्मारक स्कुल, डिल्लीबजार
३०) ज्ञानेश्वर चोक
३१) भीमसेनगोला स्कुल, भीमसेनगोला  
३२) ३२ नं वडा कार्यालय, जडीबुटी

प्रतिक्रिया दिनुहोस