लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या ६० हजार नाघ्यो

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, १७ : ३२
लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या ६० हजार नाघ्यो

रुपन्देही । लुम्बिनी प्रदेशमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ६० हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख ३१ गते साँझसम्म प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६० हजार ९६६ पुगेको छ । यस्तै मृतकको संख्या एक हजार ३५ पुगेको छ ।

वैशाख ३१ गते शुक्रबार एकैदिन एक हजार ६ सय २९ संक्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । सो दिन ३ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ४ सय ९८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ४३० छ । तीमध्ये १७ हजार १५१ जना होम आईसोलेसनमा छन् भने एक हजार २७९ जना उपचारार्थ विभिन्न अस्पतालमा छन् ।

प्रतिक्रिया दिनुहोस