काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाईसकिएको बताएका छन् । सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएका हुन् ।
खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाई छ । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए । शनिवार सञ्चारकर्मीसंग कुराकानी गर्दै सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको उनले जानकारी दिए ।
त्यस्तै चिनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाई छ । त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए ।
७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाई छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए । यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाई छ । स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि बताए ।
कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको सम्बन्धमा देशभरी ९० वटा प्रयोगशालाबाट पिसिआर परिक्षण भइरहेको उनले जानकारी दिए । अहिले एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिमा परेकाहरुको पिसिआर परिक्षण भइरहेको छ । पिसिआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारी बताए । अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परिक्षण भइरहेको छ । एन्टीजेन परिक्षण भने मुख्य गरि नेपाल भारत सिमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ ।
स्वास्थ्य सामाग्रीको अवस्था
यस्तै सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए । संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा असर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनको लागि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको बताए । अहिले आवश्यक पर्ने परिक्षणका सामाग्री, उपचारका सामाग्री र अन्य आवश्यक सामाग्रीहरुको सहयोगका लागि बिभिन्न निकायमा, दाताहरु सँग पत्राचार गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ जेठ २०७८, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवीकरण नगरी चलाए कारबाही गर्ने भन्दै निजी अस्पताललाई मन्त्रालयको परिपत्र
वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण
मंकीपक्सबाट बच्न सावधानी अपनाउ : स्वास्थ्य मन्त्रालय
कार्यालय समयमा चिकित्सक नभेटिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन
भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण