तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा सवार एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नंको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग१क २८७७ नंको टिपरले आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
टिपरले बिहीबार साँझ मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि सवार रामेछाप जिल्ला गोकुलगङ्गा–४ बस्ने सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिई फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३१ बैशाख २०७८, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु
सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु
कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, अर्का घाइते
चितवनमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु
गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि विराटनगर आईसीपी क्षेत्रमा तनाव