काठमाडौँ । बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिने दिन बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको छलफल सकिएको छ ।
देउवासँग छलफल सकेर फर्किएका ठाकुर र महतो आफ्नो पक्षमा नेता र सांसदहरुसँग छलफलमा जुटेका छन् । देउवा र ठाकुर-महतो छलफलमा भएका कुराबारे दुवै पक्षले बताएका छैनन् ।ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा सांसद र आफूनिकट नेताहरूलाई बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १३ : ४२
लेखकबाट थप