नेपाल–खनाल समूहको अल्टिमेटम : माग पुरा भएन भने सबैले राजीनामा दिन्छौँ

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १३ : २६
नेपाल–खनाल समूहको अल्टिमेटम : माग पुरा भएन भने सबैले राजीनामा दिन्छौँ

काठमाडौँ । नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ । 

ओलीले आफना माग पुरा नगरेको अवस्थामा आफूहरु सबैले राजीनामा दिने नेता भीम रावलले बताए।

उनले फागुन २८ गतेको आफ्ना पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने ओलीको निर्णय फिर्ता हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताए। उनले भने,‘ हामी स्थायीत्व चाहन्छौँ। पार्टी टुक्रियोस भन्ने हाम्रो चाहना होइन। यदि हाम्रो माग पुरा हुन्छ भने पार्टी एकता सम्भव छ।’

रावलले चार बजेसम्म अध्यक्ष ओली र नेपालबीच वार्ता हुने सम्भावना रहेको र वार्तामा सहमति भएमा स्थायी कमिटीबाट त्यसलाई पारित गर्ने बताए।

वार्तामा सहमति नभएमा आफूहरुले राजीनामा दिने र अर्को पार्टी गठन गर्ने निर्णयमा आफ्नो पक्ष पुगिसकेको नेता रावलले बताए।

प्रतिक्रिया दिनुहोस