काठमाडौँ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् ।
उनी अहिले राति ८ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा शाह पूर्वरानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
उनीसँगै कोरोना संक्रमणका कारण अस्पताल भर्ना गरिएकी पूर्व रानी कोमल शाह भने अझै अस्पतालमै छिन् । उनको स्वास्थ्यमा क्रमिक र सन्तोषजनक सुधार आएता पनि केही दिन अझै अस्पताल रहन चिकित्सकले सुझाव दिएका छन्। दुई दिन अघि गरिएको ‘स्वाब टेस्ट’मा दुवैको रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, २० : ३१
लेखकबाट थप