काठमाडौं । सरकारले कोरोना महामारीको नियन्त्रणका लागि मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लम्ब्याएको छ । सोही अनुसार बन्द गरिएको आन्तरिक तर्फको हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द भएको छ ।
यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्यूल आन्तरिक र बाहृय उडान बन्द गर्ने निर्णय गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय उडानको हकमा मे ३१, १७ जेठ सम्मको मिति तोकेर प्रतिवन्ध लम्ब्याएको पत्र वायुसेवा कम्पनीलाई दिएको थियो ।
आन्तरिक उडानको हकमा भने अर्को आदेश नभएसम्म बन्द गर्ने निर्णय भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।महामारीको अवस्था हेरेर सरकारले निर्णय लिन्छ, उनले भने, ‘अहिलेका लागि अर्को निर्णय नभएसम्म उडान बन्द हुनेछन् ।’ यसबीचमा चार्टर्ड, मेडिकल तथा कार्गो उडानको अनुमति भने नियमित दिइने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १८ : २७
लेखकबाट थप