रुपन्देही । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि बढाएको छ ।
जिल्लामा अहिलेपनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउँदै आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।
त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १७ : ११
लेखकबाट थप