काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउनुपर्ने बताएका छन् ।
सामाजिक संजालमा ट्वीट गर्दै पुर्व डा. भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका हुन् । संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने र यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान रहेको उल्लेख गरेका छन् ।
डा. भट्टराईले ट्वीटमा यस्तो लेखेका छन्–‘देशको संकट हल गर्न यसो गरौं,१.धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान र पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुख, पूर्व प्रम रहेको निर्देशक समिति ३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, मुद्दा, संविधान संशोधन, आर्थिक राहत लागू ४ एक बर्षभित्र चुनाव ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन्। यससँगै ओलीको प्रधानमन्त्री पद स्वतः गएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन् : डा. बाबुराम भट्टराई
मनमोहनलाई सम्झँदै भट्टराईले भने- नेपालले एक असल मित्र, भारतले एक अगुवा गुमाएको छ
कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्: अध्यक्ष भट्टराई
नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ : बाबुराम भट्टराई
प्रतिनिधि सभा र प्रदेश सभा पूर्ण समानुपातिक बनाउनुपर्छ : डा. भट्टराई
बुढी गण्डकीको काम अघि बढाउन डा. बाबुरामले प्रधानमन्त्रीलाई बुझाए मागपत्र