मनमोहनलाई सम्झँदै भट्टराईले भने- नेपालले एक असल मित्र, भारतले एक अगुवा गुमाएको छ

सफल खबर संवाददाता

शुक्रबार, १२ पुस २०८१, ११ : ३२
मनमोहनलाई सम्झँदै भट्टराईले भने- नेपालले एक असल मित्र, भारतले एक अगुवा गुमाएको छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले बिहीबार राति दिवंगत भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको स्मरण गरेका छन् । डा. भट्टराईले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निजी सम्बन्धले नेपाल-भारत सम्बन्ध कसरी प्रभावित हुन्थ्यो भन्ने आफ्नो अनुभूति बाँडेका छन् ।

‘भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको दुस्खद् दु:खद् निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ’ शुक्रबार बिहान एक शोक सन्देश सार्वजनिक गर्दै उनले भनेका छन्, ‘निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु ।’

शोक सन्देशमा भट्टराईले आफ्नो प्रधानमन्त्रीकालमा भारतसँग भएको बिप्पा सम्झौतासँग तत्कालीन प्रधानमन्त्री सिंहसँगको निजी सम्बन्धको भूमिका बारे उल्लेख गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेको शोक सन्देश :

प्रतिक्रिया दिनुहोस