आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था : डा. पाण्डे

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, २० : २९
आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था : डा. पाण्डे

काठमाडौं । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । 

यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न समाजिक संजाल मार्फत उनले सुझाव दिएका छन् । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । 

पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन समेत आग्रह गरेका छन् ।

कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सबैमा उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस