प्रशिक्षार्थी कामदार जापान पठाउने प्रणाली व्यवस्थित गर्ने विषयमा छलफल

सोमबार, १९ चैत्र २०७४, २० : ४०
प्रशिक्षार्थी कामदार जापान पठाउने प्रणाली व्यवस्थित गर्ने विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लेजबीच मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि दुवै देशले प्रयास गर्ने विषयमा आज छलफल भएको छ ।

त्यस्तै मन्त्री विष्ट र नेपालका लागि जापानी राजदूत ओगावाबीच नेपालबाट प्रशिक्षार्थी कामदार जापान पठाउने प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार आगामी दिनमा जापानमा नेपालीका लागि सुरक्षित रोजगारको अवसर सिर्जना गर्न तथा उद्यमशीलताको विकास लागि द्विपक्षीय सहयोग आदानप्रदानका लागि सम्भाव्य क्षेत्रबारे समेत उहाँहरुबीच छलफल भएको छ । रासस

प्रतिक्रिया दिनुहोस