कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १३ : १४
कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द

काठमाडौं । कोरोनाको बढदो संक्रमणलाई ध्यान दिँदै कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द हुने भएको छ । कोरोनाको जोखिम कम गर्न खुद्रा तथा कृषक बजार बन्द गर्ने कालीमाटी फलफल तथा तरकारी बजार बिकास समितिले निर्णय गरेको हो ।

समितिले सुचना निकालेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालिमाटी बजारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको लकडाउन अवधिभरका लागि बजार बन्द गर्ने निर्णय गरिएको जानकारी गराएको छ ।

कृषक बजार २८ गते देखि लागू हुने गरि बन्द गरिने, खुदा बजार ३० गते देखि लागू हुने गरि बन्द गरिने र थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोवार जेठ १ गते देखिबन्द गरिने समितिले जनाएको छ ।

थोक बजारमा प्याकेजिंग गरेर मात्रै विक्री वितरण गर्ने गराउने तयारी भइरहेका समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले बताए ।

एक वटा थोक पसलमा अधिकतम २ जना मात्र वसी सामाजिक दुरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्ने निर्णय समेत भएको उनले बताए ।

साथै बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज गरिने भएको छ । कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड होल्डिंग यार्डमा वसी कारोबार गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस