बर्नलीसँग पराजित भएपछि फुलहम रेलिगेसनमा

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १३ : १३
बर्नलीसँग पराजित भएपछि फुलहम रेलिगेसनमा

काठमाडौं । बर्नलीसँग पराजित भएपछि फलहम प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । गएराति भएको खेलमा फुलहम घरेलु मैदानमै बर्नलीसँग २-० ले पराजित भएको हो ।

बर्नलीका लागि खेलको ३५औं मिनेटमा एस्ले वेस्टउड र ४४औं मिनेटमा क्रिस उडले गोल गरे ।हारपछि फुलहमको ३५ खेलबाट २७ अंक छ । फुलहम १८औं अर्थात पुछारबाट तेस्रो स्थानमा छ । फुलहमले अब बाँकी तीन खेल जितेपनि १७औं स्थानको साउथह्याम्पटनलाई भेट्ने छैन । साउथह्याम्पटनको ३७ अंक छ ।

फुलहम रेलिगेसनमा पर्ने तेस्रो टिम हो । यसअघि नै शेफिल्ड युनाइटेड र वेष्टब्रोम रेलिगेसनमा परिसकेका छन् । यी तीन टिमले अर्को सिजन च्याम्पियनसिप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस