एमाले नेता झलनाथ खनाल डिस्चार्ज

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १२ : ११
एमाले नेता झलनाथ खनाल डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुँदैछन् । 

वैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । 

उनमा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो । चिकित्सकहरुको सल्लाहअनुसार उनी आज डिस्चार्ज हुन लागेको अस्पतालले जनाएको छ । 
नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा। जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।

प्रतिक्रिया दिनुहोस