काठमाडौं । बैंकहरुको निक्षेप संकलन भन्दा लगानी विस्तार बढी देखिएको छ । नेपाल बैकर्स एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक सातामै १५ अर्ब रुपैयाँ ऋणलगानी भएको छ ।
जबकि यस अवधिमा बैंकमा १० अर्ब निक्षेप भित्रिएको छ । गत सातासम्म (बैशाख १७) ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा यो साता (बैशाख २४) १० अर्बले बढेर ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै ऋण लगानी पनि गतसातासम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ थियो । तर यस सातासमम्म आइपुग्दा ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो साताको तुलनामा भने गत साता निक्षेप एक अर्ब रुपैयाँले मात्र बढेको थियो । सो बेला कर्जा लगानी भने ११ अर्बले बढेको थियो । पहिलो चरणको कोरोना माहामारीमा लगानी ठप्प बन्दा बैकिङ सिस्टममा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएको थियो । तर अहिले उद्योग धन्दाहरु आंशिक खुला भएकाले पनि लगानी विस्तार आक्रामक बनेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट
केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल
केन्द्रीय बैंक मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्दै
बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र नवीकरण गर्नु नपर्ने
एनएमबि बैंकद्वरा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त
आजदेखि दसैँका लागि नयाँ नोट सटही