बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्छ : प्रचण्ड

सोमबार, १९ चैत्र २०७४, १७ : ३९
बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्छ  : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्ने दोहोर्याउनुभएको छ । गृह जिल्ला चितवनको भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग सक्षिप्त कुराकानी गर्दै उहाँले सो कुरा वताउनुभएको हो । पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउदै उहाँले भन्नु भयो “पार्टी एकता सिद्धान्तत प्रतिशतका आधारमा हुदैन । चुनाब जस्तो होईन भन्न खोजिएको मात्रै हो ।”

उहाँले थप्नु भयो “बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्छ भन्न खोजिएको हो ।”तपाईको यो भनाइले एकता अप्ठारोमा पारेको हो भन्ने पत्रकारको प्रश्नमा उहाले यसले पार्टी एकतामा अफ्ठ्यारो पर्ने स्थिति नभएको भन्दै एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने बताउनु भयो ।

प्रधानमन्त्रीको भारत भ्रमण अघि पार्टी एकता सम्भब भने नभएको अध्यक्ष दाहालले बताउनु भयो । उहाँले कार्यदलले दिएको रिपोट अनुसार नै २२ अप्रिल अर्थात बैशाख ९ गते पार्टी एकता हुने बताउनु भयो । दाहालले भोलि पार्टी एकता  संयोजन समितिको बैठक वसी दुई वटै कार्यदलको प्रतिबेदन औपचारीक ढङ्गले प्रस्तुत हुने बताउनु भयो । संयोजन समितिमा भोलिबाट नै त्यो प्रतिबेदनलाई अन्तिम रुप दिनका लागि छलफल सुरु हुने उहाँले बताउनु भयो । एक ÷दुई दिनमानै टुङ्गिन सम्भब नभएकाले केहिदिन लाग्ने दाहालले बताउनु भयो ।

फरक प्रसंगमा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा केहि छलफल भएको बताउनु भयो । उहाँले भन्नु भयो “यस बारेमा पनि भोलि संयोजन समितिमा छलफल हुन्छ ।” पत्रकारले तपाईको सम्पर्क कार्यालयमा नेकपाले वारेन्ट पूर्जि जारी गरेको छ नि भन्ने अर्को प्रश्नमा उहाँले भन्नु भयो “यो वाईयात फेन्टास्टिक र सिल्ली कुरा हो, जवाफ दिन चाहान्न प्रश्न पनि नगर्नुहोस ।”

 

प्रतिक्रिया दिनुहोस