खनाल–नेपाल समूहका सांसदहरुको आकस्मिक बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, ०९ : ४५
खनाल–नेपाल समूहका सांसदहरुको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार र झलनाथ खनाल समूहका सांसदहरुको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीलाई दिएको समयसिमा सकिसंगै उनीहरुका छलफलमा जुटेका हुन् । 

यसअघि आइतबार भएको छलफलमा सोमबार बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई अल्टिमेटम दिने र पूरा नभए साढे ९ बजे बैठक बस्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार ९ बजेसम्म माग पूरा गर्ने प्रतिवद्धता नआए साढे ९ बजे बस्ने बैठकले कठोर निर्णय गर्नेछ । श्रोतका अनुसार नेपाल समुहका सबै सांसदहरुले सामुहिक रुपमा राजिनामा दिने तयारी थालेका छन् । 

प्रतिक्रिया दिनुहोस