स–सम्मान रिहाईको माग

सोमबार, १९ चैत्र २०७४, १६ : ३४
स–सम्मान रिहाईको माग

चितवन । अखिल (क्रान्तिकारी) चितवनका सह–सचिव सुदीप पौडेललाई विना कारण प्रहरीले क्याम्पस परिसरबाट गिरफ्तार गरेकोप्रति अखिल (क्रान्तिकारी) चितवनले विरोध जनाएको छ ।
अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष रमेश लामिछानेले आइतबार एक विज्ञप्ति जारी सप्तगण्डकी बहुमुखी क्याम्पस परिसरमा विद्यार्थीहरुसँग बसिरहेको अवस्थामा सादा पोशाकका प्रहरीहरुले ‘हामी प्रहरी हौं, सोधपुछका निम्ति’ भनी विना कारण गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको भन्दै स–सम्मान रिहाईको माग गरेको छ ।
विज्ञप्तिमा ‘स–सम्मान रिहाई नगरिएमा संगठन थप पेचिलो संघर्षमा जान वाध्य हुने’ उल्लेख गर्दै तत्काल रिहाईको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस