काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार १ बजे बस्दैछ । सो बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक भएको छ ।
संघीय संसद सचिवालयका अनुसार बैठकको सुरुवात गर्दै सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्या भण्डारबिाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । सोही दिन अर्को पनि बैठक बस्नेछ र अविश्वास प्रस्तावको छिनोफानो हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो