प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया भोलि नै टुंग्याइने

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १६ : ३३
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया भोलि नै टुंग्याइने

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले विश्‍वासको मतको प्रक्रिया भोली नै टुंगो लगाउने भएको छ ।कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत माग्नका लागि बोलाएको प्रतिनिधिसभाको अधिवेशन एक दिनमै सक्ने निर्णय गरेको हो ।

विश्‍वासको मतको प्रक्रिया भोलि नै सक्ने निर्णय भएको छ,प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए ।त्यस्तै, प्रतिनिधिसभाको बैठकमा कोरोना संक्रमित सांसदहरूलाई पनि मतदानमा सहभागी गराउने व्यवस्था गर्ने निर्णय पनि कार्यव्यवस्थाले गरेको छ । कोरोना संक्रमित भएका दुई दर्जन भन्दा बढी सांसदहरूलाई मतदानमा सहभागी गराउनका लागि विशेष व्यवस्था गर्ने निर्णय भएको हो ।

पीसीआर परीक्षण नगराएका सांसदहरूलाई अनिवार्य रूपमा पीसीआर परीक्षण गराउन भन्ने पनि कार्यव्यवस्थाले निर्णय गरेको छ ।सोमबार १ बजेका लागि प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस