काठमाडौँ । शनिवार सम्पन्न सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् । उनले ३६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाउँदा अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका छन् ।
यस्तै, उपाध्यक्षमा अम्बर बहादुर राउत र सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन्। यसैगरी सह-सचिवमा अधिवक्ता पुन्ददेवी महर्जन,कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल विजयी भएका छन्।
यस्तैगरी,महिला सदस्यमा अधिवक्ता सुधा धिताल र खुला सदस्यहरूमा अधिवक्ताहरू दुर्गा मोहन श्रेष्ठ,इन्द्रशेखर खड्का,प्रदीपकुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी,निर्मल प्रसाद उपाध्याय,ओमकृष्ण श्रेष्ठ,प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १२ : ०१
लेखकबाट थप