काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ को खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ । मन्त्रालयले सरकारले खरीद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै ‘कोभिशिल्ड’ खोप खरीदका सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नभएको जनाउँदै विश्वको अहिलेको विषय परिस्थिति र ‘कोभिशिल्ड’ उत्पादक भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले आपूर्तिमा समस्या भएको जानकारी दिएको बताउनुभयो ।
उहाँले क्षमता विस्तार हुनेबित्तिकै नेपालले खरीद गरेको १० लाख मात्रा खोप आउने जानकारी दिनुभयो । नेपालले उक्त कम्पनीसंँग २० लाख मात्रा खोप खरीदका लागि सम्झौता गरे पनि १० लाख मात्रा मात्र नेपाल आएको छ । सो खोप प्रतिमात्रा चार डलरका दरले खरीद गरिएको थियो ।
विज्ञप्तिमा उहाँले नेपालले हाल ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने अवस्था ह नरहेको समेत जनाउनुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतपछि नेपालले खोप अभियान शुरु गरेको थियो । डा गौतमका अनुसार नेपालमा अहिलेसम्म २० लाख ९१ हजार ५११ जनाले पहिलो र तीन लाख ६२ हजार एक जनाले पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ बैशाख २०७८, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
सार्वजनिक बिदामा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन
१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण
केन्द्रीय अस्पताललाई तत्काल विस्तारित सेवा सुरु गर्न मन्त्रालयको निर्देशन
५२ वटा रोग ‘सङ्क्रामक रोग’को सूचीमा समावेश
स्वास्थ्य संस्था कानूनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन, नगरे कारबाही गर्ने चेतावनी