काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नेपालीलाई संवेदनशील बनेर सहकार्य, समन्वय गर्न र एकार्काको स्वास्थ्यको रक्षा र उपचारका लागि जुट्न आग्रह गरेको छ ।मन्त्रालयले सबैमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै स्वास्थ्यसम्बन्धी व्यवहार तथा गतिविधि गर्न अनुरोध गरेको छ ।
अनावश्यक हल्लाको पछि लागेर भ्रममा नपर्न तथा सहयोगी भावनाले संक्रमण रोकथाम तथा नियन्त्रणमा भूमिका निर्वाह गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चिकित्सकको सल्लाहबमोजिम मात्रै औषधि प्रयोग गर्न र अस्पतालमा भर्ना भइरहेका जटिल संंक्रमित अन्यत्र लैजाने काम नगराउन अनुरोध गर्नुभएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आधिकारिक र प्रमाणित कामकुरा गर्न, गराउन र अस्पतालले उपचार भइरहेको संक्रमितको अन्य अस्पतालमा पठाउनुपूर्व पठाइने अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चित गरी चिकित्सकसँग समन्वय गरेर मात्रै गर्न, गराउन निर्देशन दिइएको डा अधिकारीको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २३ बैशाख २०७८, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा
नवीकरण नगरी चलाए कारबाही गर्ने भन्दै निजी अस्पताललाई मन्त्रालयको परिपत्र
वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण
मंकीपक्सबाट बच्न सावधानी अपनाउ : स्वास्थ्य मन्त्रालय
कार्यालय समयमा चिकित्सक नभेटिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन