काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ ।
गण्डकी प्रदेश र प्रदेश १ का केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।
देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ बैशाख २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
आजको मौसम : सातै प्रदेशमा सामान्य वर्षाको सम्भावना