लुम्बिनी प्रदेशमा हलचल, एमाले सांसदले दिए राजीनामा

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १५ : १६
लुम्बिनी प्रदेशमा हलचल, एमाले सांसदले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा एमालेका सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाए । 

डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले पुष्टि गरे । उनको राजीनामासँगै लुम्बिनी प्रदेशमा हलचल मच्चिएको छ । 

प्रतिक्रिया दिनुहोस