संचारकर्मी ओलीको कपडा सहित कंकाल फेला

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १४ : २४
संचारकर्मी ओलीको कपडा सहित कंकाल फेला

file-photo

घोराही । दाङमा गत माघ १५ गते देखि हराईरहेका रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वलीको कपडा र जुत्तासहित एउटा मानब कंकाल फेला परेको छ । सोमबार घोराही उपमहानगरपालिका वडा नंम्वर १६ को बाँघखोर सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले बताए ।

उक्त भेटिएको पाईन्ट,घडी,जुत्ता ओलीकै भएको परिवारले जनाएको छ ।शव गलेको अवस्थामा भेटिएकाले कंकाल ओलीको हो या हैन भन्ने पहिचान खुलेको छैन । अहिले डिएनए पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली गत १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्किएपछि उनि एकाएक सम्पर्क विहिन भएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस