खनाल नेपाल समुहको बैठक सकियो

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १५ : ३८
खनाल नेपाल समुहको बैठक सकियो

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठक भर्खरै सकिएको हो । 

आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको बैठकका निर्णयबारे केही जानकारी दिइएको छैन । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल–नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो ।

केन्द्र बाहेक खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । ओलीले पार्टी कमिटी गठन गर्दा आफूलाई अलग राखेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा खनाल नेपाल पक्षमा अलमलमा छ ।

खनाल–नेपाल पक्षमा केही नेताहरु समानान्तर अभ्यास जारी राखेर एमालेमै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने केहीले नयाँ पार्टी निर्माण गरेर जानुपर्ने मत राख्दै आएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस