नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४ हजार ५ सय २४ कोरोना संक्रमित, १८ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १७ : १७
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४ हजार ५ सय २४ कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ।

यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घन्टामा १४ हजार ६ सय ७२ पीसीआर तथा १ हजार ९ एन्टिजेन परीक्षण भएको छ।