नेपाल सुपर लिगका खेल नरोकिने

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १३ : ४५
नेपाल सुपर लिगका खेल नरोकिने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले निषेधाज्ञामा पनि नेपाल सुपर लिग एनएसएल नरोकिने मंगलबार बताएका छन् ।

ललितपुर सिटीका फरवार्ड विमल रानालाई रोक्ने प्रयासमा चितवनका डिफेन्डर कुलदीप कार्की ।कोभिड–१९ संक्रमण रोक्न सरकारले बिहीबारदेखि लागू हुने गरी दुई साताका लागि निषेधाज्ञा घोषणा गरेपछि प्रतियोगिताको निरन्तरताबारे अन्योल छाएको थियो ।

सदस्य सचिव सिलवालले भने, ‘जारी रहेको नेपाल सुपर लिगका खेल रोकिने छैनन् । हामीले सम्बद्ध निकायसँग स्वीकृति लिइसकेका छौं । आयोजकले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर खेल सञ्चालन गर्नेछ ।’

नेपालको पहिलो फ्रान्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानजमेन्टको आयोजनामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको पहिलो चरण सोमबार सकिएको छ । मंगलबारबाट दोस्रो चरण सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस