कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १३ : १६
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी ।कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–११ का ४० वर्षीय संक्रमितको सोमबार राति मृत्यु भएको हो ।

अस्पतालका कोभिड फोकल व्यक्ति डा गोविन्द रोकायाले सोमबार भारतबाट फर्किएर आईसीयूमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।भारतमै कोरोना पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस