मन्त्रिपरिषद्को बैठक : हवाइ उडान बन्द नगर्ने निर्णय

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, २१ : १२

फाइल फोटो

काठमाडौं । सरकारले कोरोना संक्रमण बढ्दै गएपनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय  गरेको छ ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिनेछ । आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस