पछिल्लो २४ घन्टामा चितवनमा ७८ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १६ : ४३
पछिल्लो २४ घन्टामा चितवनमा ७८ जना कोरोना संक्रमित थपिए

चितवन । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ७८ जनामा कोरोना संक्रमित देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घन्टामा चितवनमा ७८ जना कोरोना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ६८ जना, कालिका नगरपालिकाका पाँच जना, रत्ननगरका चार जना र माडी नगरपालिकाका एक जना कोरोना संक्रमित थपिएका हुन् । 

हालसम्म चितवनमा  ११६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ७ हजार ३५३ पुगेको छ । ६ हजार ८४५ जना निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस