घर जान चाहनेका लागि दुई दिन समय दिएर कडा बन्द गर्ने तयारी

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १६ : २४
घर जान चाहनेका लागि दुई दिन समय दिएर कडा बन्द गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाबाट घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बेलुकासम्म कहिलेबाट कसरी बन्द गर्ने भन्ने विषयमा सूचना सार्वजनिक गरिनेछ ।

उनका अनुसार काठमाडौं उपत्यकाको चेन ब्रेक गर्नका लागि डेढहप्ता कडा बन्द गर्नूपर्ने अवस्था छ ।“हामीले अनुगमन पनि तीव्र बनाउँछौँ,” उनले भने, “एक, दुई दिन घर जाने समय दिन्छौँ । समय दिएर मात्रै कडा बन्द गर्नुपर्ने सुझाव आएको छ । त्यसैले हामीले घर जान चाहनेहरुका लागि समय दिएर बन्द गर्न लागेको हौँ ।”घर फर्किन समय दिऔँ भनेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस