कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १३ : ४८
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिइन् ।वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस