कञ्चनपुरमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, ०९ : ०१
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको आईतबार राति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै  मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस