१ हजार बढी पुराना सिलिन्डर नष्ट गरियो

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, ०८ : ०१
१ हजार बढी पुराना सिलिन्डर नष्ट गरियो

काठमाडौं । नेपाल  ग्यास  उद्योग  प्रालिले प्रयोग गर्न नमिल्ने पुराना एक हजार छवटा ग्यास सिलिन्डर नष्ट  गरेको  छ।  बालाजु  औद्योगिक  क्षेत्रमा रहेको  उद्योग परिसरमा  ती  सिलिन्डरको  नष्ट  गरेको  जनाइएको  छ। 

उद्योगले  हाइड्रोस्टाटिस  परीक्षण  गरेर  प्रयोग  गर्न  नमिल्ने सिलिन्डर  छनोट  गरेर  प्रत्येक  वर्ष  सिलिन्डर  नष्ट  गर्दै आएको जनाएको छ।विगत ५१ वर्षदेखि उपभोक्तालाई सेवा पु¥याउँदै नेपाल ग्यास  उद्योगले  गत  वर्ष  दुई  हजार  सिलिन्डर  नष्ट  गरेको थियो। कुच्चिएका र लामो समयसम्म हाइड्रोस्टाटिस परीक्षण नगरेका  सिलिन्डर  पठाउँदा  ग्यास  लिक  भएर  बेलाबेला दुर्घटना हुने गर्छ।

नेपालमा ग्यासको गुणस्तरको मापन नेपाल गुणस्तर तथा नापतौल विभागले गर्दै आएको छ। विभागका निर्देशक  सञ्जीवकुमार  ठाकुरले  नेपालमा  नेपाल  गुणस्तर  (एनएस) चिह्न लिएका ४७ वटा उद्योगले नियमअनुसार नै हाइड्रोस्टाटिस गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस