कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, ०७ : १६
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

धनगढी । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।सूचना अधिकारी नारद भट्टले बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको पुष्टि गरे ।

 

प्रतिक्रिया दिनुहोस