काठमाडौं । सरकारले सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ ।
सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन तथा सार्वजनिकस्थलमा कुनै गतिविधि भए खबरदारीसहित कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक सूचनामार्फत व्यक्ति व्यक्तिबाट गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिन र खबरदारी गर्न अनुरोध गरेको छ । मन्त्रालयले आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न, मास्कको प्रयोग नगर्ने व्यक्तिका समाचार वा सूचनालाई निरत्साहित गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले हाल छिमेकी देशमा स्वास्थ्य सेवा प्रवाह प्रणाली तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र सङ्क्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न नसकिएको सन्दर्भ पेश गर्दै सबैलाई भौतिक दूरी कायम गर्न र हातको सरसफाइमा ध्यान दिन भनेको छ ।
पछिल्लो सङ्क्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्तै जोखिमपूर्ण रहेको र हालसम्म कोभिडको उपचार गर्न सक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेको अवस्थामा आफूले अरु सबैलाई सङ्क्रमणको आशङ्का राखेर मास्क लगाउने, भौतिक दूरी कायम राख्ने एवं हातको सफाइमा ध्यान दिन जरुरी रहेको उल्लेख गरेको छ ।
मन्त्रालयले सूचनामा भनेको छ, “आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीले दैनिक रुपमा देखिरहेका छन्, त्यो कसैको पनि परिवार आफन्तमा नघटोस् भन्नका लागि हामी बसैले सङ्क्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ बैशाख २०७८, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
सार्वजनिक बिदामा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन
१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण
केन्द्रीय अस्पताललाई तत्काल विस्तारित सेवा सुरु गर्न मन्त्रालयको निर्देशन
५२ वटा रोग ‘सङ्क्रामक रोग’को सूचीमा समावेश
स्वास्थ्य संस्था कानूनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन, नगरे कारबाही गर्ने चेतावनी