कोरोना अपडेट : थपिए ३ हजार ३२ जना संक्रमित, २८ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १६ : ५६
कोरोना अपडेट : थपिए ३ हजार ३२ जना संक्रमित, २८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३  हजार ३२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १ सय १९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार  आईतबार  ४  सय ५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हजार ५ सय ९३ पुगेको छ । हाल देशभर १९ हजार ३ सय २२ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस