बर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १५ : ३०
बर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत बर्दियाका एकजना पुरुषको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका–४ का ५६ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।

शनिबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण देखिएसँगै अस्पताल भर्ना गरेर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।यो सँगै कोरोना संक्रमणबाट बाहिरी जिल्लाका १०३ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस