कोरोनो कहर : नेपालगञ्जमा मेडिकल टिम पठाइदिन आग्रह

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, १७ : २१
कोरोनो कहर : नेपालगञ्जमा  मेडिकल टिम पठाइदिन आग्रह

नेपालगञ्ज । बाँके जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र नेपालगञ्जमा मेडिकल टिम पठाइदिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ ।  

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोनाका बिरामीको चाप बढ्दो रहेकाले भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कार्यरत मौजुदा जनशक्तिबाट प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो पर्न थालेकाले मेडिकल टिम उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेका हुन् । 

नेपालगञ्जको भेरी र कोहलपुर मेडिकल कलेजमा बेड विस्तार गरेर दुई–दुई सयको बनाउने तयारी भएको छ। बेड विस्तार गर्दा चाहिने अक्सिजनसहितको सुविधा, आइसोलेसन सेन्टर स्थापना, आवश्यक जनशक्ति व्यवस्थापनमा संघमा १० करोड र प्रदेश सरकारसँग ५ करोड रुपैयाँ माग गरिएको छ। बाँकेका पालिकालाई पनि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस