पूर्वराजा ज्ञानेन्द्र दम्पति अस्पताल भर्ना

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, १३ : २४
पूर्वराजा ज्ञानेन्द्र दम्पति अस्पताल भर्ना

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मी शाहलाई अस्पताल भर्ना भएका छन्।

निर्मल निवास स्रोतका अनुसार स्वास्थ्य अवस्था सन्तोषजनक रहे पनि डाक्टरको सल्लाहमा उनीहरु नर्भिक अस्पताल भर्ना भएका हुन् ।

चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा बस्ने सल्लाह अनुसार पूर्व राजदम्पती शनिबार दिउँसो १ बजेपछि निर्मल निवासबाट नर्भिक अस्पताल गएका हुन्।

पूर्वराजा शाह १० दिन लामो भारत भ्रमणबाट फर्किएको केही दिनमा दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस