मूलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिनुपर्छ : मन्त्री नेम्वाङ

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, १३ : १७
मूलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिनुपर्छ : मन्त्री नेम्वाङ

file photo

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मूलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । 

शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका हुन् । नेपाल सरकारले बोकेको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

अहिले मूलुकमा नयाँनयाँ सुरुङमाग, रेलमार्ग, एयरपोर्ट, सिँचाई अयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकाश गर्नुपर्ने पनि बताए ।

मूलुकमा निर्माण हुने ठूलाठूला भौतिक पूर्वाधारको निर्माणलाई तिब्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरुबीना सम्भव नभएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस