ओखलढुङ्गा । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकको दिगो विकास र समृद्धिका लागि दलहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।ओखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको हीरकजयन्ती महोत्सवलाई सम्बोधन गर्दै उनले दलहरुबीच समन्वय र सहकार्य नहुँदा मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका हुन् ।
पूर्वराष्ट्रपति यादवले सङ्घीय शासन प्रणालीमा मुलुक अग्रगतिमा अघि बढिरहेको बेलामा पछिल्ला वर्षहरुमा दलहरुबीच समन्वय र सहकार्य नहुँदा व्यवस्था नै कमजोर बन्न पुगेको उल्लेख गर्दै राजनीतिक दलहरु मुलुकको विकास र समृद्धिभन्दा बढी सत्तामोहमा केन्द्रित हुने प्रवृति बढेकाले यो व्यवस्थाप्रति नै जनतामा निरासा छाउन थालेको जिकिर गरे ।
“दलहरुको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो । अब दलहरु मिल्नुको विकल्प छैन”, उनले भने, “जनताले अब पनि दुःखका दिन व्यहोर्नु पर्ने अवस्था आउनु हुँदैन । यदि दलहरुले बेलैमा सहकार्य नगर्ने हो भने नेता र पार्टीप्रति मात्रै अविश्वास बढ्ने होइन, सङ्घीयता नै धरापमा पर्ने खतरा देखिएको छ ।”
संसद विघटनपछि मुलुकको राजनीतिमा तरलता आएको भन्दै पूर्वराष्ट्रपति यादवले जनता अस्थिरताभन्दा स्थिरता, समृद्धि र विकास चाहने भएकाले जनभावनानुसार काम गर्न सबै राजनीतिक दललाई सुझाव दिए । उनले विद्यार्थीकोे सिकाइ सैद्धान्तिकसँगै व्यवहारिक पनि हुनुपर्नेमा जोड दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ बैशाख २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
कम्युनिष्ट आन्दोलनमा भएका विभाजनबारे गम्भीर समीक्षा गर्नुपर्छ : विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान
लैंगिक समानता महिला र पुरुष दुवैको सरोकारको विषय : पूर्वराष्ट्रपति भण्डारी
फागुपूर्णिमामा मौलिकतालाई जोगाउन सबै लाग्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी