धुर्मुस–सुन्तली फाउन्डेसनलाई खेलाडी संघको सहयोग

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १९ : ४८
धुर्मुस–सुन्तली फाउन्डेसनलाई खेलाडी संघको सहयोग

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट शंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले एनएनआईपीएले १ लाख रुपैयाँ उपलब्ध गराएको  हो ।

एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले १०१ नम्बरको कुर्सी उपलब्ध गराइ दिन आग्रह गर्दै अध्यक्ष कट्टेललाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

एनएनआईपीएले गत फागुन ८ गते आयोजना गरेको अवार्ड कार्यक्रमबाट बचेको रकमबाट उक्त सहयोग फाउन्डेसनलाई उपलब्ध गराएको हो । एनएनआईपीएले यअसघि पनि फाउन्डेसनलाई सेन्टी भाइरसको प्रिमियर सोबाट वचत भएको रकमबाट ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस