राकुटेन भाइबरको 'ब्याटल अफ क्रिकेट ’ नामक च्याटबट शुरु

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १७ : २६
राकुटेन भाइबरको 'ब्याटल अफ क्रिकेट ’ नामक च्याटबट शुरु

काठमाडौं । निःशुल्क र सहज सञ्चारका लागि विश्वकै अग्रणी एपहरुमध्येको एक भाइबरले हालैमात्र ‘ ब्याटल अफ क्रिकेट ’ नामक च्याटबट शुरु गरेको छ । यो च्याटबटले क्रिकेट प्रेमी प्रयोगकर्ताहरुलाई क्रिकेट खेलहरुसँग सम्बन्धित विषयमा एक आपसमा अन्तरक्रिया गर्न, रमाइला कुराकानी गर्न र रोमाञ्चक उपहारहरु जित्ने अवसर दिनेछ ।

यो सिजनमा केही क्रिकेट प्रतियोगिताहरु रद्द हुनाले क्रिकेट प्रेमीहरुलाई ठूलो निराश बनाएको छ । तर, भाइबरले प्रयोगकर्ताहरुको मनोदशालाई महसुस गरेको छ र उनीहरुलाई क्रिकेटले कति अर्थ राख्छ भन्ने बुझेको छ । सोही कुरालाई मनन गरेर भाइबरले यो क्रिकेट च्याटबट प्रस्तुत गरेको छ ।

भाइबरले क्रिकेट प्रतियोगिताहरुसँग सम्बन्धित विषयहरुका बारेमा प्रयोगकर्ताहरुले स्कोर आँकलन गर्नका लागि हालसालै क्रिकेट च्याटबट शुरु गरेको छ । यो विशेषतालाई नेपाल, बंगलादेश र श्रीलँकाका प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले स्कोर आँकलन गर्न सक्ने मात्र नभई उपहार पनि जित्न सक्नेछन् । यसका साथै, भाइबरले पूर्व क्रिकेटरहरु हबिबुल बशार सुमन र शह्रृयर नफीस, जो उनीहरुको अद्वितीय करियर र क्रिकेटको लागि माहिर मानिने हुनाले परीचित छन् – उहाँहरुले कुनै पनि खेल अगावै आफ्नो विशेषज्ञता अनुरुपको स्कोरको आँकलन दिन उनीहरुलाई आबद्ध गरेको छ । 

च्याटबटका प्रयोगकर्ताहरुले हबिबुल र शह्रृयर दुवैजनाबाट स्कोर अनुमान प्राप्त गर्ने मौका पाउनेछन्, जसले उनीहरुको आफ्नो दक्षता र विज्ञता प्रयोग गरेर स्कोर आँकलन तथा आउँदो खेलहरुका बारेमा चर्चा गर्नेछन्, साथै विशेष सामग्रीहरुका साथ उपस्थित हुनेछन् । उनीहरुले सबै खेलहरुमा दिएको मन्तव्यहरुलाई च्याटबटमा पोस्ट पनि गरिनेछन् ।

राकुटेन भाइबर एप्याकका सिनियर डाइरेक्टर डेभिड चेले भने “हामी सधैं हाम्रा प्रयोगकर्ताहरुका लागि केही नवीनता प्रदान गर्न चाहन्छौं, ताकि उनीहरुले हाम्रो प्लेटफर्मको धेरै उपयोग गर्न सकुन् । यो नयाँ क्रिकेट च्याटबटले प्रयोगकर्ताहरुलाई क्रिकेटसँग सम्बद्ध उनीहरुको चलाखीपन प्रस्तुत गर्ने मौका दिन्छ र हरेक चालको भविष्यवाणी गरेर उनीहरु भित्रको सोच्ने प्रक्रियाको परिणाम उजागर गरिदिन्छ ।”

प्रतिक्रिया दिनुहोस