जिल्ला इन्चार्ज नपाएपछि ओलीसँग झोक्किइन् चौधरी

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १६ : ४२
जिल्ला इन्चार्ज नपाएपछि ओलीसँग झोक्किइन् चौधरी

काठमाडौँ । सुनसरी जिल्ला ईन्चार्जको जिम्मेवारी नपाएपछि नेकपा एमालेकी नेता भगवती चौधरी बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबाट बाहिरिएकी थिइन् । 

अध्यक्ष केपी शर्मा ओलीसँग झोक्किएर बैठकबाट बाहिरिएकी हुन्। आफूले एमालेको राजनीतिमा लामो समय बिताएको भएपनि पार्टीले आफूमाथि अन्याय गरेको उनको भनाइ थियो ।

उनको स्थानमा ओलीले जगदिश कुशवाहलाई ईन्चार्ज बनाएका छन् ।