झापा । लगातार आएको हावाहुरीका कारण झापामा करीब दुई करोडको फलफूल तथा अन्नबाली क्षति भएको छ ।कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिकाका किसानले लगाएको खाद्य, फलफूल र तरकारी खेतीमा हावाहुरीले क्षति गरेको हो ।
कृषकहरुले लगाएको करिव १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको कृषि ज्ञान केन्द्र झापाले बताएको छ ।
कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए ।
घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका ७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरण अन्तर्गतको करीब ५० लाख बराबरको केराको बोट नष्ट भएको छ ।
मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा समेत किसानले लगाएको आँप र लिचीका हाँगा भाँच्चिनुका साथै चिचिला प्रायः सबै झरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, १६ : ४०
लेखकबाट थप